Blog

Home

  • Monday, June 20, 2022

५ अर्ब घाटामा रहेको उदयपुर सिमेन्ट न्यौपाने आएपछि एक अर्ब नाफामा

सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेण्टले आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब बढी रकम आम्दानी गरेको छ। उदयपुर सिमेन्ट उद्योगले त्यसमध्ये ५६ करोड बढी सञ्चित नाफा निकालेको हो ।

लेखापरीक्षण प्रतिवेदन अनुसार उदयपुरले १ अर्ब १६ करोड ३२ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ ६३ पैसा आम्दानी गरेको हो ।

सिमेण्ट बिक्रीबाट १ अर्ब १४ करोड ७८ लाख १३ हजार ५९१ रुपैयाँ र व्याज तथा अन्य श्रोतबाट १ करोड ५६ लाख ६८ हजार ७ सय ३० रुपैयाँ ६३ पैसा आम्दानी भएको महाप्रबन्धक गोपी न्यौपानेले जानकारी दिए। यो आर्थिक वर्षमा १७ लाख ६७ हजार ७६९ बोरा सिमेण्ट बिक्री गरिएको उनले बताए।

उद्योगले भर्खरै सम्पन्न गरेको ३५ औं वार्षिकोत्सव तथा ३४ औं साधारण सभामा उक्त जानकारी दिइएकाे हाे। २०७७ साल माघ १ गते गोपीकृष्ण न्यौपानेले उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धकमा आउनुअधि कोइलाको अभाव देखाइ बन्द अबस्थामा रहेको थियो।

न्यौपाने प्रबन्धकको जिम्वारी पाएको १० दिन भित्रै कोइला लगायतका कच्चा पदार्थ बन्दोबस्त गरि संचालनमा ल्याएका थिए।