Gaida Chhap Cement

Home OPC Cement

ओ.पी.सी सिमेण्ट

सिमेन्टको परिचय

चुनढुङ्गा रातो माटो र फलामको धाउको निश्चित अनुपातमा मिलाइएको मिश्रणलाई भट्टीमा 1450 डिग्री सेल्सियस तापक्रममा पकाइ बनेको क्लिंकरमा 1 देखि 5 प्रतिशतसम्म जिप्सम मिसाई पिसिएको सुख्खा र रसायनिक धूलोलाई सिमेन्ट भनिन्छ । सिमेन्टलाई निर्माण कार्यमा प्रयोग गरिन्छ ।

 

उदयपुर सिमेन्ट गैंडा छापको (परिचय)

  1.  उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपाल सरकार द्वारा संचालित सिमेन्ट उद्योग हो । यो कारखाना नेपालको उदयपुर जिल्लाको जलजलेमा अवस्थित छ । यो उद्योग जेष्ठ ३१,२०४४ मा स्थापित भएको हो ।
  2.  यो कारखाना ओनोडा ईन्जिनियरिङ्ग जापान द्वारा डिजाइन र कावासाकी हेभी इन्डट्रिज , टोमेन कर्पोरेशन, जापानको कन्सोर्टियम द्वारा निर्माण गरिएको हो ।  ““गैंडा छाप”” ब्राण्डको नाममा सिमेन्ट बजारमा सर्वत्र उपलब्ध छ ।
  3.   यो उद्योग नेपाल सरकार र जपान सरकार को संयुक्त रुपमा लगानी गरि निर्माण गरिएको हो । 

 

ओ पी सी सिमेण्ट

ओ.पी.सी सिमेण्टको शाब्दिक अर्थ साधारण पोर्ट्ल्याण्ड सिमेण्ट हो । साधारण पोर्ट्ल्याण्ड सिमेण्ट शतप्रतिशत क्लींकर र १ देखी ५ प्रतिशत जीप्सम मिसाई बनाइएको हुन्छ । घरको पीलर बिम लगायतका उच्च भार थेग्नको लागी यस प्रकारको सिमेण्ट प्रयोग गरिन्छ ।
सिमेण्टकाे ग्रेड 
ओ.पी.सी अर्थात साधारण पोर्ट्ल्याण्ड सिमेण्टले ३ दिन, ७ दिन र २८ दिनमा दिने Compressive strength  लाई सिमेण्टकाे ग्रेडसिमेण्टकाे ग्रेड भनिन्छ ।
साधारण पोर्ट्ल्याण्ड सिमेण्टकाे Compressive strength लाई  मेगा पास्कलमा (MPa or  N/mm2)नापिन्छ ।
नेपालमा ३३ ग्रेड,४३ ग्रेड र ५३ ग्रेडमा  साधारण पोर्ट्ल्याण्ड  सिमेण्टहरू उपलब्ध छन् ।