उद्योग व्यवस्थापनको प्रतिबद्धता

Gopi Krishna Neupane
General Manager

उदयपुर सिमेण्ट उद्योग लि. आज भन्दा करीव २९ बर्ष अघि जापान सरकारको सहयोगमा जडान भई programme logic (PLC) system बाट संचालन भएको र गुणस्तर मापनका लागि X-ray Analyser,Compressive Strength Test Machine जस्ता मेसिन उपकरणहरु जडान गरि "गैडा " छाप सिमेण्टको गुणस्तरीय उत्पादन गरिएको व्यहोरा सर्वविदितै छ। उद्योग स्थलबाट २७ कि. मि. मा रहेको खानीमा उच्च गुणस्तरको करीव ७ करोड ३० लाख मे. टन चुनढुङ्गा हालको सिमेण्ट उत्पादन क्षमता ८०० मे. टन प्रति दिनको आधारमा ३०० बर्षलाई पुग्ने रहेको उक्त चुनढुङ्गा गुणस्तर Calcium Oxide CaO - 50 % माथि रहनुका साथै Magnesium Oxide MgO -2% भन्दा कम रहेकोले यसको अधिकतम प्रयोग गरिअर्थतन्त्रको मूल प्रवाहमा जोडन सकिने अवसरको उपयोग गर्ने दिर्धकालीन कार्ययोजना रहेको छ।

रोजगारी शृजनामा महत्वपूर्ण योगदान रहेकोले यो उद्योगले अप्रत्यक्ष रुपमा दुवानी सेवा, सुरक्षा सेवा, लगायत स्थानीय स्तरको लागि आर्थिक उपार्जनको श्रोत बनेको छ। अहिले पूर्ण रुपमा अरबौ राजस्व योगदान पुरयाईरहेको अवस्था छ।

उद्योगको क्षमता विस्तार र उद्योग मिल मेसिनरी Upgrading गर्ने निकट भविष्यको योजना रहेकोले व्यहोरा जानकारी गराउन पाउदा खुसी लागेको छ। तसर्थ गुणस्तर र मापदण्ड उत्कृष्ट भएकोले ढुक्क भएर सरकारले संचालन गरेको यस उद्योगको उत्पादन "गैंडा" छाप सिमेण्ट प्रयोग गर्न आम नागरिक समुदायमा हार्दिक अपिल गर्दैछौ।